Monday, March 19, 2018

मानव श्वास्थमा फिटकिरीका फाइदाहरू



  • हप्तामा एकपटक मनतातो पानीमा फिटकिरी र डिप कन्डिसनर बराबर मात्रा मिलाएर कपालमा लगाएर १५–२० मिनेटपछि चिसो पानीले धुँदा कपाल कालो र बाक्लो बन्छ ।
  • हप्तामा दुई–तीनपटक तातोपानीमा एक कप फिटकिरी पाउडर मिलाएर १०–१५ मिनेटसम्म राखिदिने र त्यसपछि नुहाउने । फिटकिरीमा हुने म्याग्नेसियमले शरीरभित्रको हानिकारक पदार्थ बाहिर निकालिदिन्छ ।
  • एक कप पानीमा दुई चम्चा फिटकिरी घोलेर घामले डढेको भागमा लगाउने । १० मिनेटपछि धोइदिने, घामले डढेको ठाउँमा राहत मिल्छ ।
  • बाथटबमा फिटकिरी पानी राखेर नुहाउँदा मुटु स्वस्थ रहन्छ । हर्टअट्याकको खतराबाट जोगाउन मद्दत गर्छ ।
  • फिटकिरीमा भएको म्याग्नेसियमले जोर्नीको दुखाइमा फाइदा गर्छ । तातो पानीमा फिटकिरी राखेर दुखेको भागमा मालिस गर्दा आराम हुन्छ ।
  • फिटकिरी मिसाएको पानीले हप्तामा तीन दिन नुहाउँदा स्ट्रेसबाट बचाउँछ । म्याग्नेसियम स्ट्रेस हुन दिँदैन ।
  • बाथटबमा मनतातो पानीमा फिटकिरी राखेर दुखेको स्थान डुबाई मालिस गर्दा म्याग्नेसियमको मद्दतले मांसपेशीलाई आनन्द प्राप्त हुन्छ ।
  • हप्ताको एक दिन ठूलो एक चम्चा जैतुनको तेलमा एक चम्चा फिटकिरी पाउडर मिलाएर छालामा मालिस गर्दा मरेका छालाका पत्र हट्छ ।
  • दिनमा एकपटक फिटकिरी राखेको मनतातो पानीमा १५ मिनेटसम्म गोडा डुबाउँदा दुखेको समस्या निको हुन्छ । नेपाली हेल्थ